हाम्रो बारेमा

वेबसाइटको नाम
परमेश्वरको प्रेरणाद्वारा लेखिएको एक मात्र पवित्रशास्त्र बाइबललाई "सत्यको वचन" अथवा अङ्ग्रेजीमा Word of Truth पनि भनिन्छ। बाइबल पूर्ण रूपमा सत्य छ, अकाट्य छ, अचूक छ, त्रुटिहीन छ, अपरिवर्तनीय छ, अविवाद्य छ र आधिकारिक छ।

यो वेबसाइट किन?
प्रत्येक बाइबल विश्वासीलाई परमेश्वरको एउटा महत्त्वपूर्ण आज्ञा छ: "आफूलाई परमेश्वरकहाँ ग्रहणयोग्य तुल्याउने प्रयत्‍न गर - एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदारजस्तो, जसले सत्यको वचन ठीक-ठीकसँग छुट्ट्याउँछ" (२ तिमोथी २:१५)। यसकारण बाइबलको ब्याख्या होशियारीसाथ, ठीकसँग गरिनुपर्छ। परमेश्वरको वचनलाई ठीकसँग बुझ्न, अपनाउन र भ्रमात्मक मार्गहरूदेखि जोगिन यस वेबसाइटद्वारा तपाईंलाई केही मद्दत मिल्न सकोस्।

हाम्रा सामग्रीहरू
यस वेबसाइटमा समाविष्ट अधिकांश अध्ययन सामग्री तथा लेखहरू मिडलटाउन बाइबल चर्चद्वारा प्रकाशित बाइबल अध्ययन सामग्रीका नेपाली रूपान्तर हुन्।

हामी के-के विश्वास गर्दछौं?
कृपया हाम्रो विश्वासको विवरण पढ्नुहोस्।

लेखक, अनुवादक?
यहाँ पाइने अधिकांश अध्ययन पाठ तथा लेखहरू मिडलटाउन बाइबल चर्चका सहायक पास्टर जर्ज विलियम जेलरद्वारा लेखिएका हुन् र अधिकांश अनुवादहरू हाल पालुङ चर्चमा सेवारत प्रदेश श्रेष्ठद्वारा गरिएका हुन्।