बाइबल अध्ययन मालाहरू
यी बाइबल अध्ययन मालाहरूलाई दुवै व्यक्तिगत वा सामूहिक अध्ययनका लागि प्रयोग गर्न सकिन्छ। आवश्यकता हेरी यिनलाई मण्डलीका बाल कक्षाहरू, युवा झुण्ड, दिदी-बहिनी समूह आदिमा प्रयोग गर्न सकिन्छ।
सामूहिक अध्ययन कसरी गर्न सकिन्छ?
शिक्षकले एउटा अध्याय प्रस्तुत गरिसकेपछि, समूहको प्रत्येक व्यक्तिलाई पाठको एक-एक प्रति
गृह कार्य गर्नलाई वितरण गरिन्छ। फिर्ता आएको गृह कार्यलाई शिक्षकले आवश्यक सुधार गरी
फेरी
अध्येतालाई फर्काइन्छ। यसो गर्नाले बाइबलको शिक्षाहरू पहिला सुनाइद्वारा र पछि व्यक्तिगत
अध्ययनद्वारा प्राप्त हुन्छ। फलस्वरूप एक व्यक्ति आफैंले बाइबलको शिक्षा साँच्ची नै के-के रहेछ
जान्न
सक्नेछ।
- यूहन्नाको सुसमाचार - अध्येताले विभिन्न प्रश्नका जवाफ लेखेर नै यूहन्नाको किताबको प्रत्येक अध्यायले वास्तवमा के सिकाउँछ भन्ने कुरा जान्न सक्नेछ (१३ ओटा पाठहरू)
- ख्रीष्टको संक्षिप्त जीवनी - ख्रीष्टको जीवनका मुख्य-मुख्य घटनाहरूको सरल प्रस्तुति (१३ ओटा पाठहरू)
- महान् घटनाहरू - बाइबल इतिहासका मुख्य-मुख्य घटनाहरू र तिनका हालसम्मका असरहरूको सरल अध्ययन (११ ओटा पाठहरू)
- बाइबलकालीन चलनहरू - बाइबलकालीन खानपिन, लुगाफाटा, नापतौल, पेशा, यातायात आदिको रोचक अध्ययन (१० ओटा पाठहरू)
- तेह्र बाइबल व्यक्तित्वहरू - तिनीहरूका जीवन र जीवनका समस्याहरू
- बाह्र चेलाहरू - बाह्रओटै चेलाहरूको व्यावहारिक र विस्तृत अध्ययन। यसमा प्रभुका भाइहरू र पावल प्रेरितको समेत चर्चा गरिएको छ। (१३ ओटा पाठहरू)
- पुरानो नियमका पुस्तकहरू - पुरानो नियमका प्रत्येक पुस्तकको परिचय (हालमा उत्पत्तिदेखि रूथको पुस्तकसम्म पूरा)
- रोमीको पुस्तकको टिप्पणी - पद-पद गरी गरिने विस्तृत अध्ययन (हालमा रोमी अध्याय १ र २ मात्र उपलब्ध)
